भारतमा विषालु ग्यास चुहावट, सात जनाको मृत्यु
लखनउ । भारतको उत्तर प्रदेश राज्यको सीतापुर जिल्लामा विषालु ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
बिहीबार बिहानै जलालपुर गाउँस्थित एउटा गलैँचा उद्योगमा विषालु ग्यास चुहावट भएको हो । गलैँचा तथा कार्पेट रङ्ग्याउन प्रयोग हुने केमिकलबाट ग्यास चुहावट भएको आशंका गरिएको छ ।
विशाक्त ग्यासका कारण उक्त उद्योगमा रहेका सात जनाको मृत्यु भएको हो । मृतकमा तीन बालबालिका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।
उक्त क्षेत्रका प्रहरी अधिकारी अजय रावतका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान करिब ८ बजे ग्यास चुहावट भएको हो । विशाक्त ग्यासका कारण उद्धारमा समेत कठिनाई भएको उनले बताए । उनले तीन बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
घटनास्थलमा प्रहरी, स्वास्थ्यकर्मी र प्रशासनको समूह पुगेको छ । विशाक्त ग्यासका कारण उद्योग आसपास कम्तीमा पाँचवटा कुकुर समेत मरेको बताइएको छ । केही अन्य चौपायाको समेत मृत्यु भएको स्थानीयबासीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण