अनुपमा खुञ्जेली वर्षकै ‘बेष्ट वुमन म्यानेजर’
काठमाडौं । अनुपमा खुञ्जेली यो वर्षको उत्कृष्ट महिला व्यवस्थापक बनेकी छिन् । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका क्रममा संघले मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीलाई ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको हो ।
शुक्रबार संघले राजधानीको होटल याक एण्ड यतिमा उक्त सम्मेलन आयोजना गरेको थियो । सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले खुञ्जेलीलाई सो अवार्ड प्रदान गरेका हुन् ।
बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको व्यवस्थापकीय नेतृत्वमा सो बैंकले राम्रो वित्तीय कार्यसम्पादन गर्दै आएको छ । सोही कार्यसम्पादनका आधारमा खुञ्जेलीलाई त्यस्तो सम्मान गरिएको हो ।
उनी आएलगत्तै बैंकले टुरिजम डेभलपमेन्ट बैंक एक्वायर गरेको थियो भने अहिले गण्डकी विकास बैंकलाई एक्वायर गर्ने प्रक्रिया चलिरहेको छ । उनी मेगा बैंकमा संस्थापनादेखि नै क्रियाशील रहँदै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण