दुर्घटनामा पाँच युवा गुमाएपछि रौतहटको मर्यादपुर गाउँ शोकमा
रौतहट । छोटो अन्तरालमै विभिन्न दुर्घटनामा परेर पाँचजना युवकको मृत्यु भएपछि रौतहटको मर्यादपुर गाँउ शोकमा डुबेको छ । जिल्लाको पश्चिमी भेगपस्थित मौलापुर नगरपालिकामा पर्ने मर्यादपुर गाउँका पाँचजना युवाको विभिन्न दुर्घटनामा हालै मृत्यु भएको हो ।
वीरगञ्जबाट मोटरसाइकलमा आफ्नो गाउँ फर्किरहेका एकजना युवकको बारामा टिपरको ठक्करबाट मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाको इनर चोक नजिक शुक्रबार बेलुका ६ बजे दुर्घटनामा मर्यादपुरका ३० वर्षीय समतलाल यादवको मृत्यु भएको हो ।
ना८ख ३१५८ नम्बरको टिपरले ना३१प ६९१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्राले जनाए ।
यादव राष्ट्रिय वाणिज्य बैङ्क मौलापुर शाखाको सेक्युरिटी गार्ड प्रमुखको रुपमा काम गर्दै आएका थिए । बैङ्ककै एकजना कर्मचारीलाई वीरगञ्ज पु¥याएर फर्किनेक्रममा उक्त दुर्घटना भएको थियो ।
यसअघि मर्यादपुर गाँउका ४० वर्षीय सुरेन्द्र यादव, ४५ वर्षीय राजेन्द्र यादव, २५ वर्षीय मुकेश यादव र ५० वर्षीय भुटलाल यादवको केहीअघि विभिन्न दुर्घटनामा मृत्यु भएको मौलापुर नगरपालिका–२ का वडा अध्यक्ष श्रीभगवान पटेलले बताए ।
सोही गाउँका २० वर्षीय दिपेन्द्र यादव भने दुर्घटनामा घाइते भइ हाल अशक्त अवस्थामा छन् । एकै गाउँका पाँच युवाले विभिन्न दुर्घटनामा ज्यान गुमाएपछि पुरै गाउँवासी चिन्तित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण