अनिल अम्बानीले लण्डन अदालतलाई भने, ‘कंगाल हुँ’: अदालतको आदेश, ‘दाबी स्पष्ट छैन, ११ अर्ब तिर’
अनिल अम्बानीले चिनियाँ बैंकसँग लिएको ऋणसँग जोडिएको विवादमा शुक्रबार इंगल्याण्ड हाइकोर्टमा आफ्नो आम्दानी शून्य भएकोले बक्यौता तिर्न नसक्ने बताए । यसमा परिवारका सदस्यले पनि सहयोग गर्न नसक्ने उनले बताएका छन् ।
तर अदालतले अम्बानीको उक्त बयान खारेज गर्दै ६ हप्ताभित्र १० करोड डलर (करिब ११ अर्ब) जम्मा गर्न आदेश दिएको छ ।
चीनका चीन बैंक – इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना, चाइना डेभलपमेन्ट बैंक र एग्जिम बैंक अफ चाइनाले अम्बानीविरुद्ध लण्डनको अदालतमा मुद्दा दर्ता गरेका थिए । यी बैंकले अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) लाई सन् २०१२ मा ७० करोड डलर ऋण दिएको थियो तर आरकमले भुक्तानी गर्न सकेन ।
न्यायधीशले भने, ‘अम्बानीको भनाईमा पारदर्शिता छैन’
अम्बानीका वकिलले अदालतमा भने, ‘सन् २०१२ मा मेरा क्लाइन्ट (अनिल अम्बानी) को लगानीको मूल्य सात सय करोड डलर थियो तर अब शून्य छ ।’
बैंकका वकिलले यो दाबीमाथि प्रश्न उठाउँदै अम्बानीको खर्च र जीवनशैलीको कुरा उठाए । वकिलले अम्बानीसँग ११ विलासी गाडी, एउटा नीजि जेट, याट र दक्षिण मुम्बईको सिविङ्ग पेन्टहाउसमा रेन्ट फ्रि एक्सेस भएको बताए । दुबै पक्षको कुरा सुनेपछि न्यायाधीस डेविड वाक्सम्यानले आर्थिक स्थितीबारे जानकारी दिएर अम्बानीको तर्फबाट बचाउका जुन प्रमाण पेश गरिए त्यसमा पारदर्शिता नदेखिएको बताए ।
बैंकका वकिलले भने, ‘कसरी विश्वास गरौं कि अम्बानीको परिवारले उनको सहयोग गर्न सक्दैनन् ?’
बैंकका वकिलले भने, ‘थुप्र्रै अवस्थामा अनिल अम्बानीको परिवारका सदस्यले उनलाई सहयोग गरिसकेका छन् ।’
उता अम्बानीका वकिलले भने, ‘मेरो क्लाइन्टका आमा, श्रीमती र छोरालाई सम्पत्ति र शेयरसम्मको पहुँच छैन । ’
यसको जवाफमा बैंकका वकिलले प्रश्न उठाए, ‘त्यसो भए अनिल अम्बानीकी आमा, श्रीमती र छोराले अनिललाई यस्तो अप्ठेरो अवस्थामा पनि सहयोग गर्दैनन् भनेर बुझ्ने हो त ? त्यसमाथि अनिलका दाइ मुकेश अम्बानी एशियामा सबैभन्दा धनी हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण