नेकपा सचिवालय बैठक स्थगित
आइतबार, २६ माघ २०७६, १० : ३३
काठमाडौँ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीले शनिबार नियमति डायलाइसिस गरेका थिए ।
‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक बस्न नसक्ने जानकारी आयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अर्को मिति तय भैसकेको छैन ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली केही दिनयता लगातार कार्यक्रमहरुमा सहभागी हुनुपरेको तथा शनिबार नियमित डायलाइसिस पनि भएकाले उहाँ आज कुनैपनि कार्यक्रममा सहभागि नहुने जानकारी दिए ।
गत माघ १९ गते नेकपा केन्द्रीय समिति बैठक समापनअघि सचिवालय बैठक बसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण