उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका सेना प्रमुखको भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको उल्लेख गर्नुभएको मन्त्रालयले जनाएको छ ।
दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संयुक्त सैनिक अभ्यास तथा तालीममार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा बङ्गलादेशका सेना प्रमुख अहमदले बङ्गलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र रहेको कुरा उल्लेख गर्दै दुई देशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए । साथै उनले नेपाल र बङ्गलादेशका सेनाबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै जान आवश्यक रहेको उल्लेख गरेका थिए ।
यसैबीच आजै प्रधानसेनापति पूर्णचन्द्र थापा र बङ्गलादेशका सेना प्रमुख अहमदबीच पनि शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहनुभएका सेनाप्रमुख अहमद र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण