सरकारलाई काँग्रेसको प्रश्न: चीनमा रहेका नेपालीको उद्धार कहिले, रेल आएपछि ?
सोमबार, २७ माघ २०७६, १३ : ०४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ शर्माको प्रश्न मिश्रित आक्रोश छ । चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग उनले सोधे ।
शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण