थ्रीस्टार तेस्रो स्थानमा
काठमाडौं । ललितपुरको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एनआरटी क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि दिपेश घलेले निर्णायक गोल गरे । दिपेशलले ७७ औं मिनेटमा गरेको गोल र्नै थ्रीस्टारको जितमा प्रयाप्त बन्यो । एनआरटीले गोल गर्ने अवसर बनाए पनि सुदुपयोग गर्न सकेन । थ्रीस्टारका ग्वीलामे प्रिसो म्यान अफ दी म्याच भए ।
उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक बनाएको छ । थ्रीस्टार उपाधि होडबाट बाहिरि सकेको छ । १५ अंक बनाएको एनआरटी आठौं स्थानमा छ । थ्रीस्टारसँगको हारले शीर्ष ६ मा रहने एनआरटीको लक्ष्यमा धक्का लागेको छ । शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक छ । मच्छिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको २२ अंक छ । आफ्नो १२औं खेलमा आजै मनाङले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण