म्यानका अध्यक्ष श्रेष्ठलाई राष्ट्रिय वाणिज्य बैंकमा भव्य स्वागत
काठमाडौं– नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष पदमा निर्वाचित अनि म्यानेजर अफ दि इयर २०१९ पुरस्कार प्राप्त राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक व्यवस्थापनले भव्य स्वागत गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यकारिणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकोमा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले म्यानेजर अफ दि इयर २०१९ पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्दै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए । उप–कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताए । विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण