इन्टरलाई नापोलीको झट्का
बिहीबार, ०१ फागुन २०७६, ०९ : १३
इन्टर मिलानलाई कोपा इटालिया कप फुटबलमा नापोलीको नमिठो झट्का लागेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा इन्टर मिलान नापोलीसँग १–० गोलले पराजित भयो ।
इन्टरलाई हार चखाउन नापोलीका फाबियन रुइजले गोल गरे । फाबियनले ५७औं मिनेटमा गरेको गोलनै पाहुना टोलीको जितमा प्रयाप्त बन्यो ।
इन्टरले लगातार गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेन । यस जितसँगै नापोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग आगामी मार्च ५ तारिख नापोलीको मैदानमा हुनेछ ।
नापोलीलाई अब घरेलु मैदानमा बराबरी खेले पुग्नेछ । तर इन्टरलाई जितको विकल्प छैन । अर्को सेमिफाइनलको पहिलो लेगमा आज (बिहिबार) राति युभेन्ट्स र एसी मिलान भिड्दैछन् । यस खेल मिलानको मैदानमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण