महराविरुद्धको मुद्दामा बहस सकियो
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ सकिएपनि आइतबार फैसला भएन । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । महराविरुद्धको मुद्दामा सुनुवाई सकिएपनि हेर्दाहेर्दैमा राखिएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए ।
त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए ।
महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौँको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुङ्गो लगाउन आदेश दिएको थियो ।
महराविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण