अन्तिममा किन रोकियो मन्त्रीको शपथ ?
२०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला ।
मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि फुँयाल दौरा–सुरुवालमा आइरन लगाएर मुख्यमन्त्री शपथका लागि तम्तयार बसे ।
अधिकांश अनलाइन सञ्चारमाध्यमले पनि केशव स्थापितको बर्खास्तीपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुयाँललाई नियुक्त गरिएको समाचार प्रकाशित गरे ।
मन्त्री हुने चर्को हल्लीखल्ली भए पनि फुयाँलको शपथ उक्त दिन भएन । अर्को कल नआएपछि फुयाँल दौरासुरुवाल फुकालेर बसे ।
आखिर फुयाँलको हुनै लागेको शपथ किन रोकियो ? के आवश्यक परामर्थबिनै मुख्यमन्त्री पोडेल अघि बढ्दा यस्तो अवस्था आएको हो ? बागमती प्रदेशका नेकपा नेता तथा कार्यकर्ता अहिले प्रश्न गरिरहेका छन् । यो समाचार आजको साँघु साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण