महिनावारी पछाडि सार्न प्रयोग गरिने औषधिका गम्भीर असर
कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता गम्भीर असर पार्छ त ?
महिनावारी चक्र प्रभावित गर्छ
यदि तपाईंले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ । यसले महिनावारी चक्र अनियमित गराउँछ भने प्रजनन सम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । त्यस्ता औषधिको सेवनले गर्भधानमा समेत समस्या आउन सक्छ । बाँझोपनको समस्या पनि निम्त्याउँछ ।
रक्तनलीमा रगत जम्ने खतरा
महिनावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने खतरा हुनसक्छ । यसरी रक्तनलीमा रगत जमेर मुटु र मस्तिष्कसम्म पुग्ने पनि खतरा पैदा हुनसक्छ ।
धेरै रगत बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ । धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ ।
पखाला लाग्ने तथा पेटको दुखाई
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुने गर्छ । त्यति मात्र होइन योनीमा रक्तश्राव पनि हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण