सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ
सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले लागुपदार्थ ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका ७ चोहर्वाबाट प्रहरीले करिब ३० पोका ३ ग्राम ब्राउन सुगरसहित २५ वर्षीय कृष्ण यादवलाई घरबाटै नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादव र सोही ठाउँका २० वर्षीय प्रवेश महतोलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट १५ हजार ९ सय ७५ रुपैयाँ नगदसहित विभिन्न ब्राण्डका ७ वटा मोवाइल पनि बरामद गरेको छ । गोलबजार प्रहरीलेमात्रै चालू आर्थिक वर्ष ०७६÷७७ मा ब्राउन सुगरका १४ मुदामा ३१ ज्नामाथि मुद्दा चलाएको छ । उनीहरुको साथबाट २६ ग्राम २ सय ५५ मिलि ग्राम ब्राउसुगर बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण