कार्यक्रमको खाका बनाउन नसक्दा रोकियो २८ अर्ब
सरकारले कार्यक्रम कार्यान्वयनको स्पष्ट खाका बनाउन नसक्दा दातृ निकायबाट प्राप्त हुनुपर्ने झण्डै २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोग रोकिएको छ ।
केपी ओली सरकारले निकै प्राथमिकता दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका लागि आउनुपर्ने २७ अर्ब ६२ करोड रुपैयाँ ऋण तथा अनुदान सरकारले प्राप्त गर्न नसकेको हो ।
विश्व बैंकले ‘युथ इम्प्लोय मेन्ट ट्रान्सफर्मेशन इनिसिएटिभ प्रोजेक्ट’ का नाममा केपी शर्मा ओली सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १३ अर्ब ६२ करोड रुपैयाँ सहुलियत ऋण दिने निर्णय गरिसकेको छ । तर, यो कार्यक्रम परिचालनको स्पष्ट खाका सरकारले हालसम्म तयार पार्न नस्कदा सहयोग प्राप्त हुन नसकेको हो ।
‘सरकारसँग कार्यान्वयनको खाका मागिरहेका छौँ, तर पाएका छैनौँ,’ विश्व बैंकको नेपाल कार्यालयका एक उच्च अधिकारीले भने ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण