स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका
ललितपुर । नैतिक शिक्षामा बढावा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिकसत्र विसं २०७७ देखि नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ । पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू हुने जनाइएको छ ।
एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । उनले भने, ‘यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने छ । नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्यमान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।’ नगरपालिकामा ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ विद्यालय छन् । ती विद्यालयमा एकैसाथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।
विद्यालयका शिक्षक, समाजसेवी र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ ।
नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारका लागि बेलाबेलामा साझेदारी कार्यक्रम पनि हुने गर्छ । यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदानप्रदान भई सकारात्मक प्रतिस्पर्धा बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण