दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति
मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ ।
मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको हो । पर्सा राष्ट्रिय निकुञ्ज विभागबाट तत्कालै प्रतिवेदन कार्यान्वयन नगर्नू भन्ने आशयको पत्र आएपछि निकुञ्जले गत आर्थिक बर्षदेखि नै उत्खनन् कार्यमा अबरोध गर्दै आइरहेको थियो ।
अबरोध खुलाउन मनहरी गाउँपालिका अध्यक्ष वन तथा वातावरणमन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, वन तथा वातावरण मन्त्रालयका सचिव, निकुञ्ज विभागका महानिर्देशक, पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, प्रहरी प्रमुखलगायतले पटक पटक पहलपछि यो अनुमति पाएको पालिकाले जनाएको छ ।
चौतर्फी दबाबपछि मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरिएको राप्ती र मनहरी खोलाका किनारबाट नदीजन्य बस्तु उत्खनन् गर्ने अनुमति पाएको पालिकाका प्रशासकिय अधिकृत देवराज चौलागाईंले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण