नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि विचलित भएका छन् : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको बताएका छन् । उनले यस्तो संकेत विश्व राजनीतिक इतिहाससँगै नेपालमा पनि देखिने गरेको बताएका हुन् ।
शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भएपनि सत्तामा पुगेपछि विचलित हुन थालेको धेरै उदाहरण भएको बताए ।
‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्’, अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’
हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै र जनताबाट कटेको जस्तो हुने गरेको प्रचण्डको भनाई छ ।
२० औं सताव्दीमा सवैभन्दा समाजवाद निर्माण गर्न मानव जातीले असाधारण किर्तिमानी गरेपनि पछि पुँजीवादी सत्तामा पतन भएको भन्दै प्रचण्डले पहिलो र दोस्रो विश्वयुद्ध हुँदा करोडौ मानिसले ज्यान गुमाएको स्मरण गर्दै पछि कम्युनिस्ट पार्टीको नेतृत्व नै वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना कोही नचाहिने परिघटना रहेको बताए ।
‘हाम्रो नियति पनि त्यसै जाने खतरा, गइसक्यो भनेको होइन । संकेत देखिएको छ तर त्यति राम्रो संकेत देखिएनन् । आजभोलीका घट्ना हेर्दा जो मान्छेहरु विग्रने जस्तो देखिदैछ’, कम्युनिस्ट पार्टीका नेताहरुको पछिल्लो पटक देखिएको चरित्रप्रति प्रचण्डको संकेत छ ।
उनले गल्ती, कमजोरी करेक्सन गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नुपर्ने बताए । ‘कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बनाएर लैजानुपर्ने, शुद्धिकरण गर्न संकल्प गर्नुपर्छ’, प्रचण्डको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण