अमेरिकी राष्ट्रपति ट्रम्प पहिलोपटक सिङ्गो परिवारसहित भारत भ्रमणमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक सिङ्गो परिवारसहित भारत भ्रमणमा आउने भएका छन् । राष्ट्रपति ट्रम्प फेब्रुअरी २४ मा पत्नी मेलानिया, छोरी इवाङ्का, ज्वाइँ जेरेड कुश्नरसहित भारत भ्रमणमा आउन लागेका हुन् । छोरी इवाङ्का उच्चस्तरीय प्रतिनिधि मण्डलको सदस्यको रुपमा भ्रमणमा सहभागी हुनेछिन् भने ज्वाइँ कुश्नर राष्ट्रपति ट्रम्पको सल्लाहकारका रुपमा आउँदैछन् ।
राष्ट्रपति ट्रम्पकी छोरी इवाङ्का पहिलोपटक भारत भ्रमणमा आउन लागेकी भने होइनन् । उनले यसअघि सन् २०१७ मा भारतको हैदरावादको भ्रमण गरिसकेकी छिन् । भारत भ्रमणमा आएलगत्तै ट्रम्प परिवार अहमदाबाद पुग्ने र त्यहाँ रहँदा ताजमहलको समेत अवलोकन गर्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भ्रमणका क्रममा ट्रम्पसँगै एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहने जनाइएको छ । यस प्रतिनिधि मण्डलमा सल्लाहकार कुश्नर, युएस ट्रेड प्रतिनिधि रबट लाइटलाइजर, एनएसए राबट ओ ब्रेन लगायत रहने बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फेब्रुअरी २५ मा वार्ता हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण