खाता खोल्न एनएमबी बैंकले ल्यायो आकर्षक योजना
काठमाडौँ । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकका लागि रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमा योजना ल्याइएको बैंकले जनाएको छ । उल्लेखित खाताहरु शून्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ ।
रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ यी दुई खाताको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण