चेल्सीसँग हार्यो टोट्टनहाम
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोट्टनहामलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा चेल्सीले टोट्टनहामलाई २–१ गोलले हरायो । यस जितले चेल्सीको च्याम्पियन्स लिग छनोटको दौडमा राहत मिलेको छ । हारले टोट्टनहामलाई केही घाटा लागेको छ ।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा ओलिभर गिरोड र मार्कुस अलन्सोले गोल गरे । टोट्टनहामले आत्मघाती गोल उपहार पाएको थियो । १५औं मिनेटमा ओलिभर गिरोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । चेल्सीले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल थपेको थियो । ४८औं मिनेटमा मार्कुस अलन्सोले रोस बार्कलीको पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
त्यसपछि ८९औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरको प्रहार आत्मघाती गोल भएपछि टोट्टनहामलाई सान्त्वना गोल मिलेको थियो । खेलमा लगातार गोलको अवसर बनाएको चेल्सी जितसँगै चौथो स्थानमा छ । चेल्सीले २७ खेलबाट ४४ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको टोट्टनहामको ४० अंक छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण