रोनाल्डोको १००० औं खेलमा युभेन्ट्स विजयी
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करियरको १०००औं खेल पूरा गरेको खेलमा युभेन्ट्सले एसपाललाई हराएको छ । इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली एसपाललाई २–१ गोलले हराएको हो ।
युभेन्ट्सको जितमा रोनाल्डोसँगै आरोन राम्सेले गोल गरे । एसपालका एन्ड्रिय पेटाग्नाले गोल गरेका थिए । करियरको १०००औं खेलमा रोनाल्डोले ३९औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । रोनाल्डोले जुवान कोर्डाडोको पासमा गोल गरेका थिए । यससँगै रोनाल्डोले सिरी ‘ए’ मा लगातार ११ खेलसम्म गोल गर्ने खेलाडीको कीतीमान पनि बराबरी गरेका छन् ।
यसअघि ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लियरेल्लाको नाममा यस कीर्तिमान थियो । रोनाल्डोले अर्को खेलमा यस कीर्तिमान तोड्ने छनक देखिएको छ । उमेरले ३५ बर्षका रोनाल्डोको गति अझै रोकिएको छैन । उनले करियरमा सात सय २५ गोल गरेका छन् । रोनाल्डो दुई बर्षअघि युभेन्ट्स पुगेका थिए । रोचक खेलमा राम्सेले ६०औं मिनेटमा पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा एन्ड्रियले पेनाल्टी मार्फत गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले २५ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको जाजियोको एक खेल कम खेल्दै ५६ अंक छ । १५ अंक बनाएको एसपाल अन्तिममा छ । अन्य खेलमा एसी मिलान र फियोरेन्टिना तथा उडिनेस र बोलोग्नाले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण