काँग्रेसद्वारा चितवन बन्द घोषणा
सोमबार, १२ फागुन २०७६, १५ : ०७
चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ । चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेसले जिल्ला बन्दको घोषणा गरेको हो ।
वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा छन् । उनी अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएको भन्दै काँग्रेसले चितवन बन्दसहितका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रमअनुसार मंगलबार दिउँसो १२ः३० देखि जिल्ला प्रशासन कार्यालय, चितवनमा एक घण्टा धर्ना दिने, बुधबार लायन्स चोकबाट पुल्चोकसम्म मसाल जुलुस र बिहीबार चितवन बन्द गरिने काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण