नायिका आँचल शर्माको हुने भयो बिहे, गरिन् इन्गेजमेन्ट
काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।
इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरुले यही फागुन २९ गते विवाह गर्ने चर्चा छ । तर, यस विषयमा आँचलले आधिकारी पुष्टि गरेकी छैनन् ।
फेसबुकको माध्यमबाट प्रेममा परेकी आँचलले उदिपको प्रेम स्वीकारेकी थिइन् ।
‘नाईं नभन्नू ल ४’बाट फिल्म अभिनयमा डेब्यु गरेकी आँचलको नाम अभिनेता पल शाहसँग जोडेर विभिन्न गसिप आउने गर्दछ । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् ।
आँचल पछिल्लो समय म्युजिक भिडियोको क्वीन पनि हुन् । उनलाई भिडियो खेलाउन निर्देशक महिनौंसम्म पनि कुर्ने गर्दछन् । केही समय पहिले ‘झिँगेदाउ’ फिल्मको छायाँंकन सक्याएकी आँचल अहिले फिल्म ‘डामाडोल’ अभिनयको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण