बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?
मङ्गलबार, १३ फागुन २०७६, ०६ : ५३
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो ।
तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ ।
‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले समाचारपत्रसँग बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष : विकास र समृद्धिलाई प्राथमिकता
-
भारतमा लोकसभा चुनाव : चौथो चरणको मतदान सुरु
-
सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : वरिष्ठ उपाध्यक्ष खान
-
पोखरामा ४ बालकले चोरे स्कुलका ११ ल्यापटप
-
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
-
चार वटा संसदीय समितिको बैठक बस्दै