रेखा लडेपछि भाइरल बन्यो भिडियो
मङ्गलबार, १३ फागुन २०७६, १० : ४५
बलिउडकी सुन्दर अभिनेत्री रेखाको मिठो मुस्कान र सारीको प्रशंसा नगर्ने सायदै होलान् ।
पछिल्लो सयम फिल्म क्षेत्रबाट टाढिएकी रेखा सार्वजनिक कार्यक्रमहरुमा भने बाक्लै भेटिने गरेकी छिन् ।
केही दिन अगाडि मात्रै भारत चर्चित फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्चमा पुगेकी रेखाको एउटा भिडियो भाइरल भएको छ ।
बलिउड अभिनेत्री रेखाको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रेखा तस्बिर खिचाइरहेकी हुन्छिन् । तस्बिर खिचाउने क्रममा उनी फ्लोरमा झरिन् । फ्लोरमा पुगेपछि उनले कुर्सीमा नबसी भुइँमा बसेर प्रशंसकहरुसँग तस्बिर खिचाइन् । त्यसपछि उठ्ने क्रममा सारीमा अल्झिएर लड्न पुगिन् ।
सदाबहार सुन्दरी रेखा उक्त कार्यक्रममा सुनौलो रङको बोर्डर भएको सेतो सिल्की सारीमा उपस्थित भएकी थिइन् । उनले सुनौलो रङको झुम्का लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण