नेकपा गण्डकी प्रदेश कमिटीको बैठक सुरु

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गण्डकी प्रदेश कमिटीको बैठक पोखरामा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहित प्रदेश कमिटीका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको मार्ग निर्देशनपछि सुरु भएको बैठकमा प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमाथि ग्रुप विभाजन गरेर छलफल गरिएको थियो ।
१२ वटा ग्रुप विभाजन गरेर अध्यक्ष पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमाथि सामूहिक छलफलपछि सुझाव पेश गर्ने कार्यक्रम तय गरिएको नेकपाका कास्की जिल्ला सह–इन्चार्ज श्रीनाथ बरालले जानकारी दिए । प्रदेश सदस्यहरुलाई वितरण गरिएको सामाग्रीहरुमा नेकपा केन्द्रिय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु समावेश गरिएको प्रतिवेदन र गण्डकी प्रदेश सरकारका दुई वर्ष नामक पुस्तक मुख्य रहेका छन् ।
भोलिको बैठकमा ग्रुप लिडरले सुझाव पेश गरि सकेपछि निर्णयमा पुग्ने र संगठनात्मक कार्य विभाजन साथै प्रदेश कमिटीको कार्यालय, कार्यालय टिम र सचिवालय निर्माण गर्ने र पदाधिकारी बैठकका निर्णयको अनुमोदन लगायतका एजेण्डामाथि छलफल हुने छन् ।
पार्टीले निर्देशन गरेको ३ महिने अभियानलाई लिएर पनि बहस चल्ने छ । गण्डकी प्रदेशमा चैतको १ गतेबाट जेठ मसान्तसम्म पार्टीले निर्देशन गरेको ३ महिने अभियानमा लाग्ने उनले सुनाए । सामुहिक छलफलपछि पार्टीले अन्तिम निर्णय सार्वजनिक गर्ने उनले बताए । पोखरा सभागृहमा उक्त बैठक चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
फिल्म खेल्दै खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना