रेड पाण्डाको छालासहित चार पक्राउ
मङ्गलबार, १३ फागुन २०७६, २१ : ३२
काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चारलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ कपनबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौँकी कमला तामाङ र कास्कीका युवराज सापकोटा रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुबाट रेड पाण्डाको छालासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । परका उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालय काठमाडौँ बुझाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण