स्वास्थ्य शिविरबाट १ हजार १३० बिरामीको निःशुल्क उपचार
संखुवासभा । नोबेल शिक्षण अस्पतालले संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा सञ्चालित शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।
शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शरिरमा गाँठागुँठी पलाएका २४ जना र आँखामा समस्या भएका २१ जनाको शिविरमा सामान्य शयक्रियासमेत गरिएको छ ।
गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले पूर्वी नेपालका बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैवीच शुक्रबार संखुवासभाको खाँदवारी र आइतबार भोजपुरको गोगनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण