लेस्टरलाई नर्विचको झट्का
शनिबार, १७ फागुन २०७६, ०९ : १२
इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई रेलिगेनमा रहेको नर्विच सिटीको नमिठो झट्का लागेको छ ।
शुक्रबार राति भएको खेलमा लेस्टर नर्विच सिटीसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । नर्विचको जितमा जमल लेविसले गोल गरे । जमलले ७०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जमलले म्याक्स आरोन्सको पासमा गोल गरेका थिए ।
पछिल्ला खेलमा कमजोर प्रदर्शन गरिरहेको लेस्टरले नर्विचबिरुद्ध लगातार गोलको अवसर गुमाएको थियो । यस हारसँगै लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी घटाउने मौका गुमाएको छ । लेस्टरको २७ खेलबाट ५० अंक छ ।
२१ अंक बनाको नर्विच तालिाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ७९ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ५७ अंक र चौथो स्थानमा रहेको चेल्सीको ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण