महोत्तरीका गाउँगाउँमा जोगिरा शुरु
महोत्तरी । होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन शुरु भएको छ । महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो ।
होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको जलेश्वर नगरपालिका–११ का होलैया (जोगिरा गाउने) उमेश मण्डलले बताएका छन् । विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जिल्लावासीले जोगिरा गाउने गरेको जलेश्वर–७ का होलैया तथा वडाध्यक्षसमेत रहनुभएका राम छविला यादवले बताए ।
होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि नसुत्ने बनाएको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया वैद्यनाथ चौधरीले बताए । जलेश्वर–९ का होलैया रामप्रसाद सिंहले आफूहरु जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा बयोवृद्धालाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म विभिन्न जोगिरा गाउने गरिएको बताए ।
होलैयाले जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिका बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए । मिथिलाञ्चलसहित महोत्तरीको गाउँगाउँमा शुरु भएको जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण