दाङमा ७ जना जुवाडे पक्राउ
बुटवल । दाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारीका शुकबहादुर बुढाको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा १ लाख १६ हजार ५ सय रुपैँयाका साथ ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४० का शुकबहादुर बुढा, सोही ठाउँ बस्ने वर्ष ३८ का भीमबहादुर कँडेल, सोही ठाउँ बस्ने वर्ष २६ का मिनबहादुर घिमिरे, सोही ठाउँ बस्ने वर्ष ४६ चेतानन्द बस्नेत, सोही ठाउँ बस्ने वर्ष ३२ का वसन्त थापा, सोही ठाउँ बस्ने वर्ष ३० का यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३८ का प्रेम विक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीलाई जुवा ऐनअन्तर्गत कानुनी प्रकृया अगाडी बढाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण