दाङमा ७ जना जुवाडे पक्राउ

बुटवल । दाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारीका शुकबहादुर बुढाको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा १ लाख १६ हजार ५ सय रुपैँयाका साथ ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४० का शुकबहादुर बुढा, सोही ठाउँ बस्ने वर्ष ३८ का भीमबहादुर कँडेल, सोही ठाउँ बस्ने वर्ष २६ का मिनबहादुर घिमिरे, सोही ठाउँ बस्ने वर्ष ४६ चेतानन्द बस्नेत, सोही ठाउँ बस्ने वर्ष ३२ का वसन्त थापा, सोही ठाउँ बस्ने वर्ष ३० का यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३८ का प्रेम विक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीलाई जुवा ऐनअन्तर्गत कानुनी प्रकृया अगाडी बढाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ३ करोडमा पोखरा-२६ को वडा कार्यालय बन्ने
-
रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु