श्रममन्त्रीले भने–श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भइसकेको छैन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भइनसकेको बताएका छन् ।
विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति तत्कालका लागि बन्द गरेको समाचार सरकारी समाचार संस्था राससबाट सार्वजनिक थियो । त्यसपछि फेरि अर्को समाचार एजेन्सी न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय भइनसकेको बताएका हुन् ।
‘स्वीकृति रोकिएको छैन । अहिलेको विषम परिस्थितीमा कुनै श्रमिकले दुःख नपाउन् बाटैबाट फर्किन नपरोस्, ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहको छ ।
चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ । औपचारिक कुनै निर्णय भएको छैन’, उनले भने, ‘२, ३ वटा विकल्पमा यसलाई रिसेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ । मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि