अन्तरराष्ट्रिय उडानमा रोकः डब्ल्यूएचओ मार्गदर्शन अनुसरण गर्न सुझाव
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाललले अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने नपर्ने सम्बन्धमा सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मार्गदर्शन अनुसरण गर्नुपर्ने सुझाव नेपाल नागरिक उड्यन प्राधिकरणले सरकारलाई दिएको छ ।
स्वास्थ्य आपत्कालका दौरानमा उडान रोक लगाउँदा त्यसले थप संकट ल्याउन सक्ने भन्दै डब्ल्यूएचओले त्यसो नगर्न भन्दै आएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सातबुँदे सुझाव प्रतिवेदन पर्यटन मन्त्रीलाई बुझाइसकेको बताए । पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणले सुझावलाई कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गरी थप छलफल गरिनेछ । उडान रोक्ने नरोक्नेबारे उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठित कारोना रोकथाम उच्चस्तरीय समन्वय समितिले यसै प्रतिवेदनकाम आधारमा निर्णय गर्नेछ ।
यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण