धनुषामा बेवारिसे शव फेला
बुधबार, २१ फागुन २०७६, १३ : १५

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार स्थानीय हनुमान चोक नजिकै अन्दाजी ५५ वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा उनको अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर ल्याइएको छ भने घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङदेन
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प