आजैबाट ठुला सभा सम्मेलन नगर्ने काँग्रेसको निर्णय
बुधबार, २१ फागुन २०७६, १७ : ००
काठमाडौं । नेपाली काँग्रेसले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गरेका हुन् ।
नेपाल नेवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका कारण संक्रमण फैलन नदिन काँग्रेसले पार्टीका ठुला कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ ।
चीनको उहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ६५ भन्दा बढी देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिम मुलुकमा परेको जनाएको छ । यो रोगबाट हालसम्म सबैभन्दा बढि चीनका मानिसहरुको मृत्यु भएको छ ।
त्यस्तै,काँग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण