मास्कमा कालोबजारी गर्नेलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला मास्कमा कालोबजारी गर्ने कारबाहीमा परेका छन् । अहिले बचारमा कोरोना भाइरसबाट बच्नका लागि मास्कको माग अत्यधिक छ ।
यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।
विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गराएको छ।
क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५–५ हजार जरिवाना गराइएको छ । सचिन ट्रेडले बिल देखाउन नसक्दा जरिवाना गरिएको हो भने अन्यले बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएपछि जरिवाना गरिएको हो ।
विभागले मास्क लुकाउने र बढी मूल्यमा नबेच्न अनुरोध गर्दै यदि त्यस्तो गरिएको पाइए कारबाही र जरिवाना दुवै गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण