बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

बिहीबार, २२ फागुन २०७६, १४ : ०६
बिहीबार, २२ फागुन २०७६

काठमाडौं ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।  बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन् । सिंह प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा समेत संलग्न रहेकी  थिइन् ।

ओलीलाई बिहीबार बिहान एकपटक कालो चिया खुवाइएको थियो । दिउँसो पनि चिया खुवाइने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा सारिएको त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

उपचार कक्षमा सारिएपछि शुक्रबार प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेट्ने समेत जनाइएको छ । अप्रेशनपछि ओलीलाई कसैले पनि भेटेका छ्रैनन् । ‘प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारका मन्त्री, राजनीतिक दलका नेता, व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारणहरु  मिर्गौला प्रत्यारोपण भवनमा आएपनि भेट्न पाउनु भएको छैन’ खड्गाले भने, ‘चिकित्सकको निर्देशनपछि मात्रै परिवार तथा अन्य व्यक्तिले भेट्नुहुन्छ ।’

‘मिर्गौला प्रत्यारोपणपछि बिरामीको अवस्थामा सामान्य हुँदै गएको छ, साथै उहाँलाई इन्जेक्सनबाट खुवाउने काम भइरहेको छ, मिर्गौला  प्रत्यारोपणमा समलग्न चिकित्सक बाहेक हालसम्म परिवारले समेत भट्न पाएका छैनन्’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।   करिब १२ वर्षअघि भारतमा पहिलोपटक ओलीले मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे दिउँसो ४ बजे  औपचारिक रुपमा जानकारी दिने अस्पतालले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप