पाकिस्तान र जापानका प्रधानमन्त्रीले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानका प्रधानमन्त्री सिन्जो आवे र भुटानका प्रधानमन्त्री लोते छिरिङले स्वास्थ्य लाभको कामना सहितको सन्देश पठाएको जानकारी दिए ।
त्यस्तै चीन, पाकिस्तान र जापानका राजदूतले पनि प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको सल्लाहकार थापाले जानकारी दिए ।
‘प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणपछि देशभर खुशी र उत्साह छाएको छ’, थापाले भने ।
प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपणपछि प्रम ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुदै गएको तथा दोस्रो दिनबाट ओलीले तरल र नरम आहार दिन थालिएको अस्पतालले जनाएको छ । प्रमलाई मिर्गौैला दता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको अपडेट बुलेटिनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण