कोरोनाको सङ्क्रमण भित्रिन नदिन सीमामा सुरक्षा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन
कोरोना भाइरस (कोभिड–¬१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हुने स्वास्थ्य परीक्षणमा सहयोग गर्ने, जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण गर्ने तथा सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरणका साथै महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए ।
बैठकपछि गृहमन्त्री थापाले सीमा नाकामा कडाइ तथा निगरानी बढाउन र सशस्त्रको सीमा निगरानी पोष्टलाई थप सक्रिय बनाउन निर्देशनसमेत दिए ।
उनले जनचेतना बढाउन, कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण