टिपरको ठक्करबाट बालकको मृत्यु
टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।
ठक्करबाट पैदल हिँड्दै गरेका बालक रानाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । बालकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसैगरी पुर्नवास नगरपालिका–३ स्थित पशुपतिटोलबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१००१ह ३०८१ नंको अटो पल्टिँदा ३५ वर्षीय अर्जुन धामीको मृत्यु भएको छ । धामीको उपचारका क्रममा प्रदेशिक सेती अस्पतालमा मृत्यु भएको हो ।
कुकुरलाई बचाउन खोज्दा अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
मृतक धामी सोही नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ । अटो रिक्सामा सवार ६४ वर्षीय लक्ष्मी ढकाललगायत दुई जना घाइते भएका छन् । दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण