मास्क लगाएरै भए पनि होलीको उत्सव, तस्विर /भिडियोमा हेर्नुहोस्
आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुशी साट्थे । फागु पर्वको शुभकामना आदानप्रदान गर्थे । सडक पनि रङ्गिन्थ्यो । यसपालिको फागुले भने रौनक गुमाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले सावधानीपूर्वक फागु मनाउन भनेको छ । भीडभाड नगर्न, रङ र पानी नछ्याप्न आग्रह गरेको छ । स्थानीय प्रशासनले समेत फागु लक्षित मेला, उत्सव र साङ्गीतिक कार्यक्रममा रोक लगाएको छ । समूहमा फागु खेल्ने, रमाउने गरेका युवायुवतीले खल्लो महसुस गरेका छन् ।

फागु पर्व सीमित साथीभाइ, घर र परिवारमा सीमित भएको छ । हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात देखिएन । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष सार्वजनिक यातायात पनि चलिरहेका छन् ।

त्रासका बीच पनि केहीले भने वर्षमा एक दिन आउने यस चाडलाई धुमधामका साथ मनाएका छन् । बसन्तपुर दरवार क्षेत्रमा मास्क लगाएरै भए पनि होलीको उत्सवमा सहभागी हुन आउने धेरै थिए । पर्यटकहरु पनि रङ्गहरुको पर्वमा रमाइरहेका थिए ।
हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्विरहरु :
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण