कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपछः नेता खड्का
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु छताछुल्ल भएको तर्क गरे ।
प्रतिनिधिसभा सदस्य समेत रहेका नेता खड्काले भने, ‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् । तर, हाम्रोमा अलिक बढी नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं । यही अराजक स्वतन्त्रताको कारण गुट मौलाईरहेको छ । कम्युनिष्ट पार्टीमा चाहीँ अनुशासन हुन्छ । र, अर्को कुरा त्यहाँ लठ्ठी पनि देखाइन्छ ।’
उनले पार्टीको आगामी १४औं महाधिवेशनमा एकल नेतृत्वमा जो आएपनि अहिले देखिएको पार्टीभित्रका समस्या हल नहुने जिकिर गरे ।
उनले पार्टीको नेतृत्वमा चार/पाँच जनाको कोर–टीम बनाउनुपर्ने तर्क गरे । उनले भने,‘पार्टीलाई सामूहिक लिडरसिपमा लैजानुपर्छ, चार/पाँच जनाको कोर टिम बनाउनुपर्छ, अर्थात चेयरम्यानसिप वा प्रेसिडियममा जानुपर्छ ।’ उनले १४औं महाधिवेशनबारे टिप्पणी गर्दै भने,‘नीतिभन्दापनि अहिले गुटहरुको स्वार्थले पार्टी चलाउने हौवा चलिरहेको छ ।’
खड्काले पार्टीका आगामी चूनौती पार गर्नको लागि एकल सभापतिले जतिसुकै बहुमत ल्याएर विजयी भएपनि एक्लैले केही गर्न नसक्ने ठोकुवा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण