आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ पुग्यो

बुधबार, २८ फागुन २०७६, १५ : ३५
बुधबार, २८ फागुन २०७६

भारतमा ६१ कोरोनाभाइरस संक्रमितको पहिचान भएको छ ।  

मंगलबार भारतका विभिन्न स्थानमा १४ नयाँ संक्रमितको पहिचान भएकामा दक्षिणी राज्य केरलामा मात्रै आठ जना फेला परेका छन् । यस्तै पुणे र कर्नाटकको ३–३ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । 

उता भारत सरकारले भाइरसको जोखिमलाई मध्येनजर गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकहरुको प्रवेशमा प्रतिबन्ध लगाएको छ । ती तीन देशका नागरिकलाई भारत आउने नियमित र ई–भिजा दुवैमाथि रोक लगाइएको हो । 

भारतको आप्रवासन व्युरोले मंगलबार राती एक सूचना जारी गर्दै भिजा पाएर भारत प्रवेश नगरेका फ्रेन्च, जर्मन र स्पेनिस नागरिकको भिषा समेत निलम्बित भएको जानकारी दिएको छ ।  

भारतको केन्द्रीय क्याबिनेटका सचिव राजीव गाँबाले मंगलबार कयौं मन्त्रालय र विभागका सचिवसँग उच्चस्तरीय बैठक गरेपछि उक्त सूचना जारी गरिएको थियो । 

यसअघि स्वास्थ्य मन्त्रालयले चीन, इटाली, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, स्पेनसमेत कोरोनाभाइरस प्रभावित देशमा यात्रा गर्नबाट बच्ने सल्लाह दिइसकेको छ । 

केरलामा संक्रमित विरामीको संख्या १४ पुग्यो
केरलाका मुख्यमन्त्री पिनराई विजयनले मंगलबार उनको राज्यमा हालसम्म संक्रममितको संख्या १४ मुद्दा भएको जानकारी दिए । 

साथै मुख्य मन्त्रीले कोरोनाभाइरस संक्रमण विस्तार राक्न विभिन्न कदमहरु पनि सार्वजनिक गरेका छन् । 

३१ मार्चसम्म ठूल्ठुलो सभा–समारोह बन्द गरिनेछ । यसको लागि फिल्मसमेत बन्द घोषण गरिएको छ । 

त्यस अन्तर्गत विद्यायलका सात कक्षासम्मको सम्पूर्ण परिक्षा मार्च ३१ सम्म स्थगित गरिएको छ ।  

तर माथिल्ला कक्षहरु ८,९ र १० को परिक्षा भने पूर्व निर्धारित कार्यक्रम अनुसार नै हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप