एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
सिरहा । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होली पर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ ।
यस्तै, होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
लागुऔषधसहित एक युवक पक्राउ
प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी २७ वर्षीय मोहमद मुम्ताजलाई पक्राउ गरेको हो । पक्राउ परेका मुम्ताजको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण