ट्याक्सीभाडा वृद्धि गर्ने सरकारको तयारी
सरकारले ट्याक्सी चालकहरूलाई वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ । बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो ।
यातायातमन्त्री वसन्त नेम्वाङको उपस्थितिमा भएको छलफलमा मन्त्रालयले व्यवसायीको भाडा समायोजन लगायत माग पूरा गर्ने आश्वासन दिएको हो । छलफलमा व्यवसायीले भाडाका यात्रु बोक्ने निजी सवारीलाई नियमन गर्न र भाडा वृद्धि गर्न माग राखेकोमा ती माग पूरा गर्न आफूहरू तयार भएको मन्त्री नेम्वाङले बताए ।
‘२०६९ देखि ट्याक्सी भाडा वृद्धि भएको छैन । त्यसैले उनीहरूले राखेको माग जायज हो, आवश्यक अध्ययन गरी भाडा समायोजनको काम गर्छौं,’ उनले भने । यद्यपि, गतवर्ष असोजमा मात्रै विभागले अन्य सवारीसाधनसँगै ट्याक्सीको भाडा १० प्रतिशतले वृद्धि गरेको थियो ।
मन्त्रालयका अनुसार भाडा समायोजन समितिले अध्ययन गरी प्रतिवेदन बुझाउनेछ र वैशाखभित्र भाडा समायोजन गरिनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण