शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘सेक्टर कमान्डर’ को जिम्मेवारी बाँनियालाई

बिहीबार, २९ फागुन २०७६, ०६ : ५३
बिहीबार, २९ फागुन २०७६

 नेपाली सेनाका सहायक रथी दीपक बाँनियालाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । 

हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो । 

सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ । उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् । 

उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप