ठूलो संख्यामा नेपाली कामदार कार्यरत कुवेत ‘लकडाउन’
बिहीबार, २९ फागुन २०७६, १२ : ५१
कोरोनाभाइरसको प्रकोप गरेपछि कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
कुबेतको मन्त्रिपरिषदको बैठकले मार्च १२ देखि मार्च २६ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरिएको कुवेत टाइम्सले जनाएको छ।
कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको सरकारले देशभर सार्वजनिक बिदा घोषण गरेको छ।
मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । मल, रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जीमहरु, स्पोर्ट र हेल्थ क्लवहरु पनि बन्द गर्न निर्देशन दिइएको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीको गन्तव्य मुलुकमध्ये कुवेत पनि एक हो । कुवेतमा ७० हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण