ठूलो संख्यामा नेपाली कामदार कार्यरत कुवेत ‘लकडाउन’
बिहीबार, २९ फागुन २०७६, १२ : ५१
कोरोनाभाइरसको प्रकोप गरेपछि कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
कुबेतको मन्त्रिपरिषदको बैठकले मार्च १२ देखि मार्च २६ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरिएको कुवेत टाइम्सले जनाएको छ।
कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको सरकारले देशभर सार्वजनिक बिदा घोषण गरेको छ।
मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । मल, रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जीमहरु, स्पोर्ट र हेल्थ क्लवहरु पनि बन्द गर्न निर्देशन दिइएको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीको गन्तव्य मुलुकमध्ये कुवेत पनि एक हो । कुवेतमा ७० हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्कमा तानातान गरेर पर्यटकलाई दुःख दिने सात जना पक्राउ
-
अपहरण र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
रणवीर कपूरको रामायण २ भागमा आउने
-
भीड थेगिनसक्नु भएपछि चार धाम यात्राका लागि अफलाइन दर्ता ३१ मेसम्म बन्द
-
करण जोहरको मेगा बजेट फिल्ममा टाइगर श्राफ
-
तरकारीको मूल्य निर्धारणमा व्यापारीको हालीमुहाली, किसानलाई बाइपास