सीमामा एसएसबीको उच्च सतर्कताः २ नेपालीलाई स्वास्थ्य परीक्षण गरी छाडियो
धनुषा । नेपाल-भारत सीमानामा भारतीय प्रहरीले पनि चेकजाँच सुरु गरेको छ । भारतको अहमदावादबाट घर आउने क्रममा सिमावर्ती क्षेत्रमा रुघाखोकीको प्रकोप देखिएपछि भारतीय प्रहरीले चेकजाँच सुरु गरेको हो ।
रोजगारीको शिलशिलामा भारतको अहमदावादबाट गाउँ फर्किने क्रममा विहारको जयनगरमा धनुषाको खजुरी–महुवा बस्ने शिवकुमार पासवान र राजन पासवानलाई रुघाखोकी लागेको भेटिएपछि भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ती दुवै युवकलाई प्रहरीले मधुवनीस्थित सदर अस्पतालमा लगेग स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर फर्किएका थिए । भारतीय प्रहरीको कडा निगरानी तथा पूर्व सतर्कताका कारण सिमावर्ती क्षेत्रमा आउवजावत गर्ने व्यक्तिहरुको संख्यामा कमी समेत आएको छ । यता, भारतले मध्यरात देखि नै लागू हुनेगरी सिमावर्ती क्षेत्र (१५ अप्रिलसम्मका लागि) एक महिनाका लागि बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण