सीमामा एसएसबीको उच्च सतर्कताः २ नेपालीलाई स्वास्थ्य परीक्षण गरी छाडियो
धनुषा । नेपाल-भारत सीमानामा भारतीय प्रहरीले पनि चेकजाँच सुरु गरेको छ । भारतको अहमदावादबाट घर आउने क्रममा सिमावर्ती क्षेत्रमा रुघाखोकीको प्रकोप देखिएपछि भारतीय प्रहरीले चेकजाँच सुरु गरेको हो ।
रोजगारीको शिलशिलामा भारतको अहमदावादबाट गाउँ फर्किने क्रममा विहारको जयनगरमा धनुषाको खजुरी–महुवा बस्ने शिवकुमार पासवान र राजन पासवानलाई रुघाखोकी लागेको भेटिएपछि भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ती दुवै युवकलाई प्रहरीले मधुवनीस्थित सदर अस्पतालमा लगेग स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर फर्किएका थिए । भारतीय प्रहरीको कडा निगरानी तथा पूर्व सतर्कताका कारण सिमावर्ती क्षेत्रमा आउवजावत गर्ने व्यक्तिहरुको संख्यामा कमी समेत आएको छ । यता, भारतले मध्यरात देखि नै लागू हुनेगरी सिमावर्ती क्षेत्र (१५ अप्रिलसम्मका लागि) एक महिनाका लागि बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी, हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
-
रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई