रोनाल्डो क्वारेन्टाइनमा
एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारीले आक्रान्त पार्दा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले उल्लेख गरेको छ ।
उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए । उनी इटाली फर्कनुअघि क्वारेन्टाइमा बस्नुपर्ने भएको हो । रोनाल्डो क्वारेन्टाइनमा बसेको समाचारलाई पोर्चुगलका सञ्चारमाध्यामले पनि महत्वका साथ प्रकाशित गरेका छन् । आइतबार इन्टर मिलानलाई पराजित गरेपछि रुगााीले टोलीको सामूहिक तस्बिर समेत सार्वजनिक गरेका थिए ।
जसमा टोलीका अन्य सदस्यसँगै रोनाल्डो पनि छन् । रुगीसँगै रोनाल्डो र अन्य खेलाडीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकाले पनि सबै खेलाडीलाई क्वारेन्टाइमा राखिनुपर्ने बताइएको छ । कोरानाका कारण इटालीमा अहिले ६ करोड भन्दा बढी मानिस प्रभावित बनेका छन् । हाल इटालियन सिरि ‘ए’ पनि रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण